तिहारमा उपत्यकाको शान्ति–सुरक्षा सुनिश्चित गर्न एआईजी दानबहादुर कार्की नेतृत्वको प्रहरी टोलीको सफलताः

nagariksancharnews.com

 संखुवासभा केशरमान कुलुङ 

तिहारमा उपत्यकाको शान्ति–सुरक्षा सुनिश्चित गर्न एआईजी दानबहादुर कार्की नेतृत्वको प्रहरी टोलीको सफलताः

तिहारको समयमा काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न उपत्यका प्रहरी प्रमुख एआईजी दान बहादुर कार्कीको नेतृत्वमा कार्यरत प्रहरी टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
एआईजी कार्कीको सुपरीवेक्षणमा काठमाण्डौका SSP रमेश थापा, ललितपुरका SSP होबिन्द्र बोगटी, ट्राफिकका SSP नवराज अधिकारी र भक्तपुरका SP सुर्य बहादुर खडका लगायतका प्रहरी अधिकारीहरुले सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरी उपत्यकामा सुरक्षाको प्रत्याभूति दिलाएका हुन ।
 काठमाण्डौ, ललितपुर र भक्तपुर गरि काठमाण्डौ उपत्यकाभर लागु हुनेगरी बिशेष सुरक्षा योजना बनाई सोही बमोजिम प्रहरी परिचालन गरेका कारण तिहारको समयमा हुन सक्ने कुनै पनि किसिमका अवाञ्छित वा आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको उपत्यका प्रहरीले जनाएको छ ।
तिहार अवधिभर उपत्यकामा कुनै ठूलो घटना दुर्घटना नघटि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनु उपत्यका प्रहरीको उच्च सतर्कता र योजनाबद्ध सुरक्षाको परिणाम भएको बताइन्छ ।
सुरक्षा व्यवस्थापनका क्रममा सादा पोशाकमा समेत प्रहरी खटाइएको थियो भने Dog Sniffing सहितको चेकजाँचमा समेत बृद्धि गरिएको थियो । साथै, जनसहभागिता, सामुदायिक प्रहरी साझेदारी, सूचनाको द्रुत आदान–प्रदान र ब्यापक संख्यामा गस्ति परिचालनलाई बिशेष प्राथमिकता दिइएको थियो । 
उक्त सफलतापछि प्रहरी नेतृत्व र सम्पूर्ण प्रहरी टोलीप्रति सर्वसाधारणले प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया