संखुवासभा,
नेपालमा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला बाढीमा परि ज्यान गुमाएका नागरिकहरुको शान्तिको कामना गर्दै सरकारले आज भाद्र २२ गते सोमबार राष्ट्रीय शोक बिदा घोषण गरेको अवसरमा जिल्ला संखुवासभा खादवारी १ देवकोटा महिला जागरुक समुहले मृतक आत्मको चिर शान्तिको कामना संगै परिवार गुमाएका आफन्तहरुको धैर्य धारण गर्ने शत्ती मिलोस साथै आउने दिनमा नेपालमा यस्तो प्राकृतिक संकट नहोस भनि दिप प्रजलन गरेको हो ।
दिप प्रजलन संगै देवकोटा महिला जागरुक समुहले यो वर्ष नेपाली महिलाले मनाइने तिज पर्व उत्सवको रुपमा नमनाउने अघिल्ला वर्षहरुमा जस्तै तिजमा गरिने सामुहिक खर्च कटौती गरि प्रधानमन्त्री दैविक प्रकोप कोषमा रु २५ हजार मम्मा गर्ने घोषण देवकोटा महिला जागरुक समुहको अध्यक्ष सिता गुरुङले वताएको हुन ।