सिलीचोड गाउँपालिकामा अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता र सिलिचोड ट्रेल रेस -२ सञ्चालन गरिने भएको छ । नवबर्ष २०८३ को पवन अवसरमा आगामी वैशाख १ गतेदेखि ६ गतेसम्म सिलीचोड-३ को ताम्कुमा प्रतियोगिता सञ्चालन गरिने सिलिचोङ गाउँ खेलकुद बिकास समितिका अध्यक्ष एवम् पत्रकार खेवाहाङ मेवाहाङले वताए ।
सिलीचोङ गाउँ खेलकुद विकास समितिले विगत ७ वर्षदेखि निरन्तर रूपमा खेलकुद क्षेत्रका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षबाट प्रतियोगितालाई थप परिस्कृत गर्दै पर्यटन प्रवर्द्न तथा आर्थिक विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष मेवाहाङको भनाई छ ।
समितिले अघिल्लो वर्षदेखि सुरु गरेको ट्रेल रेस प्रतियोगिताले गाउँपालिकामा साहसिक खेलकुृदको विकास तथा प्राकृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको र यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षकरूपमा सञ्चालन गरिने वताईएको छ । गाउँपालिकाका सबै वडालाई समेट्ने गरी धावकहरूले डॉंडाकाँडा हुँदै धार्मिक तथा पर्यटकीय स्थलहरूको आनन्द लिने र दौड पुरा गर्ने तयारी गरिएको छ ।
प्रतियोगितामा छिमेकी जिल्लाका स्थानीय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ । यसैगरी प्रतियोगितामा सहभागी प्रत्येक टिममा सम्बन्धित जिल्लाबाहिरका ख्यातिप्राप्त बढीमा ३ (तीन) जना खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विजेता टोलीले रु. २,००,০০০ तथा उपविजेता टोलीले रु. १,००,०০০, तृतीय रु.३५००० र सान्तवना रु.२५००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु. ४,००० तथा उत्कृष्ट स्पाइकर, ब्लकर र सेटर लाई जनही रु. २,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। हेरक खेलमा म्यान अफ दी म्याच घोषणा गरी सम्मनित गरिनेछ ।
यसैगरी सिलीचोड ट्रेल रेस-२ मा जम्मा ५० जना धावक सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. २५,०००, द्वितीयलाई रु. १५,०००, तृतीयलाई रु. ७,০০০, चौयोलाई रु. ५,००० र पाँचौ, छैंटौ र सातौँलाई रु.२,००০/२০০০ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाबाट विनियोजित सिमित बजेट मात्र प्रयाप्त नहुने भएकाले विभिन्न संघ-संस्था तथा शुभेच्छुक व्यक्ति-व्यक्तित्वहरूको सहयोगको अपेक्षा गरिएको छ ।