सुचना ! सुचना ! ! सुचना ! ! ! उत्तर दक्षिण कोशी सडक योजना खाँदवारी संखुवासभाबाट जनहितमा प्रसारित सुचनाहरु यस प्रकारछन् ।

nagariksancharnews.com

उत्तर दक्षिण कोशी सडक योजना खाँदवारी संखुवासभाबाट जनहितमा प्रसारित सुचनाहरु यस प्रकारछन् ।



- सडक तथा पुल,पुलेशा हामि सबैको साझा सम्पति हो,यसको संरक्षण गरौँ ।

- सडक सिमाभित्र यातायात आवगमन एवं ट्राफिक सुरक्षामा वाधा हुने र सार्वजनिक हित प्रतिकुल हुने कुनै कार्य नगरौँ ।

- साजमार्गहरुबाट कुनै प्रवेश मार्ग निर्माण गर्नु परेमा पुर्व स्वीकृति लिएर मात्र गर्ने गरौँ ।

- सडक छेउको पेटिमा निर्माण सामाग्रीहरु लगायत अन्य वस्तुहरु नराखौँ ।

- पैदाल यात्रीहरुले सडकको पेटि र किनारबाटै  हिड्ने बानि ससालौँ,सडक दुर्घटना न्युनिकरण गर्न सहयोग गरौँ ।

- सडक तथा नालिमा जथाभावि फोहोर नफालौँ ।

- सडकमा वालबच्चा र घर पालुवा जनावरहरु जथाभावि नछोडौँ ।

- सडकमा गाडी,मोटरसाईकल तथा अन्य सवारिसाधनहरु सडकमा राखि धुने कार्य नगरौँ ।

- मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ ।

- सबैले ट्राफिक नियम पालना गरौँ,सडक प्रयोग गर्दा पुर्ण होसियार रही सभ्य नागरिकको परिचय दिउँ ।

- सडक तथा पुल निर्माण भएको खोला नदिको किनारबाट जथनभावि तरिकाले नदिजन्य पदार्थहरु उत्खनन् गर्ने कार्य नगरौँ साथै सार्वजनिक निकायहरुले तोकिएको मापदण्ड विपरित हुने गरी सडक तथा पुलहरुको सिमा भित्र उत्खनन् कार्य नगरौँ ।

- निर्माणधिन सडक तथा पुलको स्थल वरपर कम गतिमा  सवारी साधनहरु चलाउने गरौँ । निर्माण स्थलमा राखिएको सूचना वोर्डमा लेखिएका सूचनाहरु  पालना गरौँ,गराउँ ।

- वर्खा याममा निर्माणधिन सडकमा पहिरोको जोखिम हुने हुँदा सचेत र सुरक्षित चई यात्रा गरौँ ।

- मनसुनको आगमन भई सकेको हुनाले यातायात सवारी साधन प्रयोग गर्दा सम्वन्धित सडकको अवस्था सम्वन्धित सडक डिभिजन वा आयोजना कार्यलय र जिल्ला ट्राफिक कार्यलयसँग बुझेर मात्र यात्रा गरौँ ।


धन्यवाद,

नागरिक सञ्चार न्यज डट कम (www.nagariksancharnews.com)

Phone-9840210844

खाँदवारी १,संखुवासभा


प्रतिक्रिया