केशरमान कुलुङ
जनप्रतिनिधिको उपस्थिति महसुस नभएको भोजपुरको १ गाउँवाट कुपोषणले ग्रस्त बच्चाको उद्दार
भोजपरको षडानन्द न.पा १२ मा कुपोषित बालकको गएको मंगलवार केहि युटुवर हरुको समुहले कुपोषणको पहिचान गरि बच्चालाई छिमेकि जिल्ला संखुवासभाको खाँदवारी अस्पताल लगेकाहुन र अस्पतालमा संखुवासभाको जि.स.स प्रमुख शुमन शाक्यको पहलमा बच्चाको स्वास्थ्य चेकजाँच गराई निशुल्क औषधि सम्म उपलब्ध गराएको वताए ।

बच्चाकाे बुवा ८२ बर्ष पुगेको र आमा मानसिक रोगि भएका कारण बच्चाको हेरचामा समस्या आएको कारण बच्चा कुपोषित हुन पुगेको पनि वताएको छन । युटुवरका अनुसार यस बच्चाको अविभावकता गरहणका लागि स्थनिय तहका वडा अध्यक्ष र षडानन्द न.पा.को मेयर सुरेन्द्र उदासलाई पनि बच्चाको स्वास्थ्य अवस्था वारे फोन संवाद गरि जानकारि गराएको र जनप्रतिनिधिले पनि चासोको साथ हुन्छ गर्छौ भनेतापनि २ महिना वितिसक्दा पनि कुनै सहयोग नगरेको वताए ।

बच्चाको अवस्था दिनहुँ कम्जोर वन्दै गएको कारण फेरि उनै युटुवरहरु तहाँ गई बच्चालाई उपचारको लागि अस्पतालको पुर्याएको र उपचार पश्चात घर फर्काएको पनि वताए । अस्पतालका डाक्ठरका अनुसार बच्चालाई कुपोषणको रेड जोन भई सकेको बच्चालाई पोषण पुनस्थापना केन्द्रमा पुर्याएरै उपचार गर्नु पर्ने पनि वताएको हुन ।