दलका नेतालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुनसक्छः प्रचण्ड
जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि उपलब्धिहरू माथिको संकट नटरेको पनि प्रचण्डले उल्लेख गरेका छन् । उनले भनेका छन्, 'विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफूअनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने र प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन् ।'
९ असोज २०८२, बिहिबार ०६:०० मा प्रकाशित