उर्जा जलस्रोत तथा सिँचाई मन्त्री गृह जिल्लामा

nagariksancharnews.com

केशरमान कुलुङ

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री गृह जिल्लामा पुगेर पाटिको नेता तथा कार्यकर्ता साथै जिल्लाको सञ्चार कर्मिहरुसंगको भेटमा जिल्लावासी नागरिकहरुले निकट समयमै अरुण ३ परियोजनावाट प्रत्येक नागरिकले ५ लाख वरावरको शेयर खरिद गर्न सक्ने उत्त शेयरवाट विशेष आर्थिक समवृद्यि हुने वताएका छन । जिल्लाको ठुला आयोजनाहरुवाट नागरिकहरुले  प्रसस्त लाभ लिन सक्ने पनि पत्रकार भेटघाटमा वताउनु भयो ।


सञ्चार कर्मिहरुको प्रश्नलाई जवाफ दिइदै आफ्नो वारेमा केहि सञ्चार माध्यमहरुले भ्रम र अफवाहा फैलाउने खोजेको र झुठमुठ साथै तोडमोड गर्न खाेजेको पनि वताउनु भयो ।

पत्रकारहरुको भेटघाट पछि जिल्ला सदरमुकामका नागरिकहरु संग भेटघाट गर्दै जिल्ला अस्पताल खाँदवारिको अवस्था र विरामिहरुसंग पनि भेटघाट गरेको छन । अस्पतालको सवै स्वास्थ कर्मि र डक्टरहरु संग पनि अस्पतालको सेवावारे वुझ्नु भएको छ । जिल्ला अस्पतालको आई सि यु मेसिन खरिद वारे पनि चासो व्यात्त गर्नु भएको थियो । अस्पतालको तत्कालको समस्याहरुको जानकारि लिदै अस्पतालको सेवा प्रवाहमा कन्जुसाई नगर्न सवै अस्पताल प्रशासनलाई आग्रह गर्दै अस्पताल परिसरवाट विदा भई गएको शनिवार तुम्लिङटार एयरपोटवाट राजधनि फर्केको हुन ।

प्रतिक्रिया